काठमाडौं : नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अब्बल रहेको बताएका छन्।उनले नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए।आज चौथो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तनमा समेत सहकारीको भूमिका रहेको बताए। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था,