गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अगाडि रहेको बताएका छन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उनले बताए ।गृहमन्त्री खाणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंको द सोल्टी होटलमा आजबाट सुरु भएको चौथो साकोस शिखर गोष्ठी, २०७९