प्रदेश १ को सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भएको छ । सत्तारुढ गठबन्धनमा सुरु भएको खटपट सदनमा समेत छताछुल्ल भएको छ । सत्तारुढ कांग्रेस संसदीय दलमा समेत सरकारको कामकाजको विषयमा प्रदेश सांसदहरूले असन्तुष्टि पोखेका छन् । यसले गठबन्धनको सरकारमाथि प्रश्न उठ्न थालेको छ ।