साउन ४ गते मोटरसाइकलमा मृत अवस्थामा फेला परेका व्यक्तिलाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलमै मृत भेटिएका विराटनगर–५ का ६७ वर्षीय सुदर्शन न्यौपानेको मृत्यु सवारीसाधनको ठक्करबाट भएको खुलेपछि मोरङ प्रहरीले को१क १३३३ नम्बरको ट्रक र चालक धरान–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको हो ।
ट्रकले को४प २३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा न्यौपानेको मृत्यु भएको थियो । मृतकका आफन्तले हत्या भएको दाबी गर्दै आइरहेका थिए । न्यौपाने मोटरसाइलमा नै बसेको अवस्थामा...