हुन त हामीले उपहारका लागि अन्य पुस्तक पनि छानेका छौं तर यो कथासङ्ग्रहमा समाहित २६ वटै कथाले महिलालाई प्रतिकूलतासँग जुधेर अघि बढ्न प्रेरणा दिएकाले पनि मेरो मन खिच्न सफल भएको हो।...
पोखरा १७ फागुन । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर […]
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षको उडानका क्रममा १ करोड ८० लाख ३२ हजार यात्रुलाई सेवा दिएको छ । बुद्धले २५ वर्षको दौरानमा २ लाख ६४ हजार ९ सय १८ उडानमार्फत १ करोड ८० लाख ३२ हजार यात्रुले यात्रा गरेको जनाएको छ ।सन् १९९७ अक्टोबर ११ (२०५४ असोज २५)मा बिचक्राफ्ट विमानमार्फत […]
बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा अहिले सबैका परिचित पात्र बनेका छन् । असोज ११ गते सोमबार विराटनगर अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएर लामो प्रयासपछि जहाजलाई अवतरण गराएर ७७ जनाको ज्यान बचाएको भन्दै वाहवाही कमाएका क्याप्टेन शेर्पा अहिले प्रतिबन्धमा छन् ।बुद्धको एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लागेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को उडान सुरक्षा डिपार्टले क्याप्टेनसहित चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।जहाज रिलिजल्याण्डिङ गेयरमा समस्या आएर चालक दलका सदस्यसहित ७७ जना यात्रुलाई जहाजभित्रै रुन बाध्य बनाएको जहाज भने नियमित उडान गर्न थालिसकेको छ । बुद्ध एयर र प्राधिकरणका प्राविधिकहरुले जहाजको अनुसन्धान गर्दा कुनै खराबी नभेटेपछि जहाज नियमित उडानमा छ ।‘अनुसन्धान गर्दा जहाजमा कुनैपनि समस्या देखिएन, त्यसपछि जहाज रिलिज भईसकेको छ’ बुद्धका प्रवक्ता रुपेश जोशी भन्छन्, ‘अहिले उक्त जहाजमार्फत नियमित उडान गरिरहेका छौँ ।’उनका अनुसार नियमित उडान थालेको उक्त जहाजमा अहिले कुनैपनि समस्या देखिएको छैन ।गत सोमबार काठमाडौँबाट विराटनगर उडेको बुद्धको जहाज ल्याण्ड गर्ने समयमा पांग्रा खुलेको देखाउने इन्डिकेटर बलेको थिएन । त्यसपछि काठमाडौँ ल्याएर आकाशमा कयौँ फन्का घुमाएपछि पांग्रा खुलेको यकिन भएपछि मात्रै अवतरण गराइएको थियो । क्याप्टेनलाई प्रतिबन्ध किन ?क्याप्टेनसहित चालक दलका अन्यलाई अन्तराष्ट्रिय अभ्यास र नियम अनुसार नै जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले ‘इन्सिडेण्ट’ भएको अवस्थामा क्याप्टेन र चालक दलका सदस्यलाई ७२ घण्टा काम नलगाउने नीति लिएकाले सोही अनुसार उनीहरुलाई ७२ घण्टाको लागि प्रतिबन्ध लगाईएको जनाईएको छ ।बुद्ध एयरका प्रवक्ता जोशीले पनि क्यानले अनुसन्धानका लागि बनाएको समितिले शुक्रबार वा आइतबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनमा के आउँछ सोही अनुसार अघि बढ्ने बताए । चालक दलका सदस्यलाई प्रशिक्षणप्राधिकरण स्रोतले उनीहरुमा मानसिक त्रास वा अरु केही समस्या उत्पन्न भएको हुन सक्ने भएकाले उनीहरुलाई ‘रिफ्रेश’ गराईनेछ । रिफ्रेश गराउँदा सामान्य प्रशिक्षण पनि दिईनेछ । ‘क्यानको रिपोर्टमा के आउँछ त्यही गर्छौँ’ जोशीले भने, ‘क्यानले क्याप्टेनको लाइसेन्स फुकुवा गर्ने भन्यो भने तत्काल फुकुवा हुन्छ, केही दिन रिफ्रेश गराऔँ भन्यो भनेपनि हामी त्यो गर्छौँ ।’
साउन २०, चितवन । यही साउन अन्तिमबाट बुद्ध एयरले भरतपुर-भैरहवा उडान गर्ने भएको छ ।
बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्नुका साथै टुरिजम क्षेत्रलाई जोड्ने उद्धेश्यसहित भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । बुद्ध एयरले भैरहवा उडान जोडेपछि देशका मुख्य पर्यटकीय स्थल पोखरा, लुम्बिनी, काठमाडौं र सौराहा लगायतका पर्यटकीय क्षेत्र जोडिने विमानस्थल प्रमुख योगेन्द्र कुँवरले बताए ।
‘अहिले बुटवल नारायणगढ सडक निर्माणाधीन पनि छ, कुँवरले भने, उडान चलेपछि दुवै तिरका यात्रुलाई सहज पनि हुन्छ । ’
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले साउन ३१ बाट यो उडान हुने मिति तय भएको जानकारी दिए । उनका अनुसार आइतवार, बुधवार र शुक्रवार १८ सिटे जहाज चल्ने गरि उडान तालिका तय भएको छ । यसअघि बुद्ध एयरले भरतपुर-काठमाडौं र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ ।
केही दिन अघिबाट यति एयरलाईन्सले आफ्नो उडान स्थगित गरेपछि बुद्ध एयरले हाल भरतपुर-काठमाडौं ९ ओटा उडान र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।
भरतपुर भैरहवाको लागि भाडादर जहाजको अकुपेन्सी अनुसार निर्धारण गरिएको बस्नेतले बताए । जसअनुसार यात्रुको लागि तीन किसिमको भाडादर निर्धारण गरिएको छ । ‘कम्पनीले चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ भाडादर निर्धारण गरेका छौं, बस्नेतले भने, यसका लागि बी फेयर, ए फेयर र वाई फेयर गरेर वर्गीकृत गरेका हौं । ’ बुटवल नारायणगढ सडकखण्डका कारण यात्रुहरुको माग र आवश्यकता हेरेर पनि कम्पनीले भरतपुर भैरहवा उडान जोड्न लागेको बस्नेतको भनाइ छ ।
वैशाख ७, चितवन । यसअघि भरतपुर– काठमाडौं गर्दै आएको बुद्ध एयरले थप भरतपुर - भैरहवा उडान गर्ने भएको छ ।
यात्रुहरुको माग र आवश्यकतालाई ध्यानमा राखी उडान सञ्जाल विस्तार गर्दै जाने हेतुले भरतपुर - भैरहवा उडान थप गरिन लागिएको कम्पनीले बताएको छ ।
वैशाख १८ गतेबाट भरतपुर भैरहवामा सेवा सञ्चालन गर्न लागिएको बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले जानकारी दिए ।
‘पहिलेदेखि कम्पनीको उडान सञ्जाल विस्तार गर्ने कम्पनीको योजना पनि थियो ’, उनले भने, भैरहवाबाट भरतपुर र भरतपुरबाट भैरहवा जाने यात्रुहरुको माग पनि उत्तिकै छ ।’
भरतपुर भैरहवा उडान शुरु गर्ने वित्तिकै लुम्बिनीको पर्यटकीय गन्तव्य र चितवनको पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ । नारायणगढदेखि बुटवल जाने सडक हाल स्तरोन्नति र निर्माण कार्य भएकोले यो उडानले यात्रुलाई केही सहज हुने उनले बताए ।
उनका अनुसार शुरुवाती क्षणमा कम्पनीको १८ सिटे जहाजबाट एउटा उडानबाट मात्र सेवा दिइनेछ । भरतपुर– भैरहवाको उडान भाडादर ३ हजार १०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म हुन सक्ने उनले बताए ।
भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बुद्ध एयरको भरतपुरबाट देशका अन्य शहर तथा जिल्लामा उडान सञ्जाल बढ्नु यात्रु तथा कम्पनी सबैलाई लाभ हुने बताए ।
‘उडान विस्तारले यात्रुलाई सहज पनि हुन्छ’, उनले भने, ‘देशका प्रमुख शहर तथा जिल्लालाई जोड्न समेत सहयोग पुग्नेछ ।’ हाल कम्पनीले दैनिक भरतपुर–काठमाडौं सात ओटासम्म र भरतपुर–पोखरा एउटा उडान गर्दै आएको छ ।
बुद्ध एयरले खराब मौसम र यात्रुको सुरक्षाका लागि सोमबार उडानहरु रद्ध गरेको स्पष्ट पारेको छ।
मौसमका कारण काठमाडौं–विराटनगर–काठमाडौं उडान रद्ध हुँदा यात्रु असन्तुष्ट भएपछि बुद्ध एयरको कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्धारित उडान रद्ध गर्नु बाध्यता भएको र सुरक्षा चासो बुझिदिन यात्रुलाई आग्रह गरेको छ।