प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको अवसरमा सोलमा गरिएको एक कार्यक्रममा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार‚ त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन् ।