काठमाडौं। बजाजको १२५ सीसी पल्सर मोटरसाइकल भारतमा लन्च भएको छ। इसअघि पल्सरका २०० र १६० सीसीका मोटरसाइकल भारतका साथै नेपालमा पनि चल्तीमा थिए। नयाँ मोडलको मोटरसाइकल युवालक्षित रहेको र डिजाइन खासै परिवर्तन नभएको कम्पनीले बताएको छ। बजाज पल्सर एनएस१२५ मोटरसाइकलको भारतमा ९३,६९० भारु तोकिएको छ। केटीएम १२५ ड्युकसँग यसले प्रतिस्पर्धा गर्ने निर्माता कम्पनी बजार अटोको विश्वास छ।