प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन ।
प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभिन्न दलले छुट्टाछुट्टै चारवटा नाम दर्ता गराएका थिए । सत्तापक्ष समाजवादी पार्टी र राजपाले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश, अर्को प्रतिपक्षी दल नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश र अन्य केही प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेशको नाम दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।