धनुषा – प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव फेरि मतदानमै लैजाने दलहरूबीच सहमति भएको छ । दलहरूबीच मतदानका लागि प्रदेश सभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेश सभाको बैठक आउँदाे माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेश सभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरूबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो । प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेश सभाले ...