राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नेताहरूले ‘तारो’ बनाएका छन् । काठमाडौंमा शुक्रवारबाट शुरू भएको कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा लिङ्देनले राजसंस्थाको वकालत गरेका थिए ।
उनले राजसंस्था पुनर्स्थापनाको प्रसंग निकालेका थिए । त्यस्तै उनले गाउँमा नेता जाँदा चोर आयो भन्ने गरेको बताएका थिए ।
लिङ्देनले राजसंस्थाको वकालत र नेतालाई चोर भन्ने गरेको अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड...