नेकपा एमालेको ‘हाई कमाण्ड’ मानिएको केन्द्रीय सचिवालयमा रहेका १९ जना शीर्ष नेतामध्ये केही नेताले मंसिरमा हुने निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा प्रकट गरेका छन् । खर्चिलो चुनाव, पार्टीभित्र मौलाएको घात–अन्तरघात र गुटगत प्रतिस्पर्धाका कारण चुनाव जित्न सकस हुने देखिएपछि उनीहरुले अनिच्छा देखाएका हुन् । यसरी चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा जनाउने शीर्ष नेताहरुमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ तथा उपमहासचिव विष्णु रिमाल छन