ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएपछि वर्तमान राष्ट्रपति जायर बोल्सोनारोका समर्थकले विरोध प्रदर्शन गरेका छन् । गत आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोलाई पराजित गर्दै लुला निर्वाचित भएपछि बोल्सोनारो समर्थकले ब्राजिलका विभिन्न स्थानमा आगजनी तथा चक्काजाम गरेको बीबीसीले लेखेको छ ।