बढ्दो गर्मीसँगै भारतका विभिन्न शहरको जनजीवन प्रभावित बनेको छ। भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले राजधानी नयाँ दिल्लीमा तातो हावा 'लू' आउँदो ५ दिनमा थप बढ्ने चेतावनी दिएको छ।दिल्लीको तापक्रम शुक्रबार ४२ डिग्री रहेको छ। देशका केही भागहरूमा तापमान ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी विभागले दिएको छ। आगामी पाँच दिनमा उत्तरपश्चिम र मध्य भारतमा र आगामी दुई दिनमा पूर्वी भारतमा लू चल्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।समाचार एजेन्सी पिटिआईका विज्ञहरूका अनुसार उत्तरपश्चिम