साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक माल्दिभ्स र नेपालबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । राउन्ड रोबिन लिगका आधारमा हुने यस संस्करणको प्रतियोगितामा पाँच टिम सहभागी छन् । सहभागी पाँच टिममध्ये शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । दुईपटक साफ च्याम्पियनसिप जितिसकेको माल्दिभ्सले घरेलु मैदानमा भने उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक राजधानी माले शहरमा आयोजना हुने प्रतियोगितालाई लिएर माल्दिभ्स निकै उत्साहित छ । सन् २००८ मा माल्दिभ