काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह र इमान्दारीसाथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका हुन्। त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए।