काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह र इमानदारीपूर्वक जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने