स्थानीय तहको निर्वाचन तयारीमा सबैजसो दल जुटेका छन् । चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरु गठबन्धन दलले आपसमा भागवण्डा गरेर जित हासिल गर्ने रणनीति बनाएका छन् ।सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा पोखरा महानगरमा कस्तो नतिजा आउन सक्छ भन्ने आकलन गर्नका लागि २०७४ सालको स्थानीय तह चुनावमा राजनीतिक दलहरुले हासिल गरेको मतपरिणाम एउटा आधार बन्न सक्छ । त्यसैले अघिल्लो निर्वाचनमा सो महानगरपालिकामा र