भक्तपुर : भक्तपुरमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि यहाँका स्थानीय तहहरूले गत साल बनाएका आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन थालेका छन्।जिल्लाको मध्यपुर थिमि, चाँगुनारायण र भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्र पुन: सञ्चालनमा ल्याइसकेका छन्। नगरपालिकाहरूले आइसोलेसन वार्डका साथै जटिल र गम्भीर प्रकृतिका बिरामीहरूका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) समेत सञ्चालनमा ल्याएका हुन्।मध्यपुर थिमि नगरपालिकाले वडा नं. ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा