नेपालको वैदेशिक व्यापारः आयात १९.१३ प्रतिशत र निर्यात २९.०७ प्रतिशतले घट्यो

काठमाडौं, ९ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपालको आयात १९.१३ र निर्यात २९.०७ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा नेपालले १० खर्ब ५८ अर्ब रुपैयाँको आयात र १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८अर्ब रुपैयाँको आयात र १खर्ब ४७अर्ब रुपैयाँको निर्यात गरेको थियो।

सम्बन्धित सामग्री

नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक

काठमाडौं । नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घटेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ । गत वर्ष आयात १६ प्रतिशत र निर्यात २१ प्रतिशतले घट्दा समग्र वैदेशिक व्यापार १६ प्रतिशतले घटेको हो । गत वर्ष राष्ट्र बैंकले एलसी अनिवार्य गर्ने र भारतसँगको व्यापार बैंकिङ प्रणालीबाट हुनुपर्ने नीति लिनुको साथै सरकारले १० वस्तुको आयात प्रतिबन्ध लगाउने […]

साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

८ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा […]

युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो

युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ विलियन अमेरिकी डलर पुगेको छ।राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ विलियन डलर र आयात १५.५ विलियन डलर रहेको छ।खाद्यान्न उत्पादनहरूले  पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान  दिएको जनाइएको छ।मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उ

दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ। सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागले आज जारी गरेको तथ्याङ्कअनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ […]

वैदेशिक व्यापार : आयात र निर्यात दुवै घट्यो

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै सूचक घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो । यस अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । जुन, गत वर्षको तुलनामा १३ […]

दुई महिनाको वैदेशिक व्यापार : आयात र निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै सूचक घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो ।यस अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । जुन, गत वर्षको तुलनामा १३ प्रतिशतले न्यून हो । गत वर्ष ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी, चालू वर्षको भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.८८ प्र

वैदेशिक व्यापार : आयात–निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात १२.९० प्रतिशत र निर्यात २८.६८ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा १०.३८ प्रतिशत र कूल वैदेशिक व्यापार १४.८१ प्रतिशत खुम्चिएको विभागले

पाकिस्तानसँगको वैदेशिक व्यापार : ५० करोडको आयात हुँदा ९ करोडको मात्रै निर्यात

दक्षिण एसियाली मुलुक पाकिस्तानसँग नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्मको अवधिमा पाकिस्तानसँगको व्यापार घाटामा देखिएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा पाकिस्तानबाट ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, यही अवधिमा नेपालबाट पाकिस्तानतर्फ ९ करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ ।विभागका अनुसार यस अवधिमा नेपाल र पाकिस्तान बीचको वैदेशिक व्यापार ४१ करोड २ लाख ८७ हजार रुपैयाँ घाटामा छ ।

दुई महिनामा वैदेशिक व्यापार : तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात भएको छ तर यस अवधिमा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५।४३ प्रतिशतले वृद्धि भएको हो …

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]