मकवानपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
भरतपुर अस्पतालमा गएराति बारा कलैयाकी १२ वर्षीया कृतिका चौधरीको ज्यान गएपछि मृतकको संख्या १७ जना पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
हिजो हेटौंडा र चितवनका अस्पतालमा गरी १६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका सबै १७ जनाको परिचय खुलेको छ ।
हेटौंडा अस्पतालमा ल्याइएका मृतकको शव पोष्टमार्टम गरी आफन्तले बुझेका छन् । ...