धनगढी : कैलालीमा नेपाली काँग्रेसले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ। काँग्रेसको जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उभिएकाहरूलाई कारबाही गरिएको जनाएको हो।काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टका अनुसार बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको छ। ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरूमाथि ५ वर्ष साधारण सदस्यतासमेत नरहने गरी कारबाही भएको हो। कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ (ख) मा उम्मेदवा