भारत सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेपछि आगामी महिना शुरु हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससँग पैसा नभएको दुखेसो कांग्रेस नेता राहुल गान्धीले पोखेका छन्।“गत हप्ता हामीलाई कर अधिकारीहरूबाट सन् १९९५ देखि सन् १९९६ सम्मको ‘फाइलिङ’को अर्को सूचना प्राप्त भएको छ,” ५३ वर्षीय गान्धीले नयाँ दिल्लीमा पत्रकार भेटमा भने‚ “हामीसँग प्रचार सामग्री छाप्ने पैसा पनि छैन।”कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रुअरीमा