नयाँदिल्ली: भारतीय निर्वाचन आयोगले राहुल गान्धी नामका व्यक्ति चुनाव लड्न अयोग्य भएको घोषणा गरेको छ। आयोगले निर्वाचन खर्चको हिसाब नबुझाएको भन्दै 'राहुल गान्धी' नाम चुनाव लड्न अयोग्य घोषितको सूचीमा राखेको छ।काँग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धी सन् २०१९ को लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनी केरलको वायनाड संसदीय क्षेत्रबाट लोकसभामा विजयी भएका थिए। उनी परम्परागत निर्वाचन क्षेत्र अमेठीबाट पराजित हुने देखिएपछि केरलबाट पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।