काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले किर्ते काम गरेको आरोप लगाएका छन् । आइतबार आफू पक्ष विद्यार्थी संगठनका कार्यकर्तालाई सम्वोधनका क्रममा संसद बिघटन भइसकेपछि पनि सभामुखले अविश्वासको प्रस्ताव दर्ता गर्न संसद सचिवालयलाई दवाव दिएको उल्लेख गरे ।बिहान ११ बजे संसद विघटन भइसकेको तर साढे ३ बजे बिहानको समयमा निवेदन दर्ता गराउन दवाव दिएको दावी गरे । पछि संसद सचिवालयले त्यसको खण्डन गरेको बताए ।