वीरेन्द्रनगरमा फोहोर प्रशोधन केन्द्र निर्माण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको उत्तरपश्चिमी क्षेत्र तारेभिरमा फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । नगर क्षेत्रबाट संकलित लेदो फोहोरबाट प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रशोधन केन्द्र नहुँदा सेप्टिक ट्यांकीबाट निस्कने फोहोर व्यवस्थापन चुनौती बनेको थियो ।     दातृ संस्था एसएनभीले लेदो प्रशोधन केन्द्रको निर्माण तथा परीक्षण सम्पन्न गरेको हो । एसएनभी नेपालले सफल परीक्षणपश्चात् प्रशोधन केन्द्र सञ्चालनका लागि नगरपालिकालाई हस्तान्तरण गरेको छ । सन् २०१६ मा नगरपालिकाले एसएनभी नेपालको समन्वयमा सरसफाइ गुरुयोजना बनाएपछि प्रशोधन केन्द्रको निर्माण शुरू गरिएको थियो । वीरेन्द्रनगर–१ को कृष्ण सामुदायिक वन क्षेत्रस्थित ल्यान्डफिल साइटमा १ करोड ९७ लाख लागतमा प्रशोधन केन्द्र निर्माण भएको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार प्रशोधन केन्द्रबाट मिश्रित प्रांगारिक मल उत्पादन गरिनेछ भने नकुहिने फोहोरलाई नजिकैको ल्यान्डफिल साइटमा व्यवस्थापन गरिनेछ । काठमाडौंको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दीपमाला इञ्जीनियरिङ कम्पनीले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी पाएका थिए । केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर रहेको छ भने दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २ दशमलव ५ मेट्रिक टन ठोस फोहोर प्रशोधन गर्नेछ । एसएनभी नेपालका सुशासन सल्लाहकार मनिमा बुढाथोकीले प्रशोधन केन्द्र निर्माण वीरेन्द्रनगरको सरसफाइका क्षेत्रमा महŒवपूर्ण उपलब्धि भएको बताइन्  । रासस

सम्बन्धित सामग्री

फोहोर प्रशोधन केन्द्र बनाइने

रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको फोहोर व्यवस्थापन गर्नेगरी रुपन्देहीको सैनामैनामा ‘खोरमोर फोहोर प्रशोधन केन्द्र’ निर्माण हुने भएको छ। फोहोर प्रशोधन केन्द्र निर्माणका लागि नेपाल सरकारबाट जग्गा भोगाधिकार प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाले जनाएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–१०, खोरमोरमा प्रस्ताव गरिएको फोहोर प्रशोधन केन्द्रको रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद वासुदेव घिमिरेले स्थलगत निरीक्षण गरी तत्काल निर्माणको काम अघि बढाउन पहल थाल्ने बताउनुभएको छ। खोरमोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले सम्झौता गरी काम अघि बढाएका छन् भने पछिल्लो पटक प्रशोधन केन्द्रमा तीन जिल्लाको फोहोर प्रशोधन गर्ने प्रक्रिया अघि बढेको छ।

विराटनगरमा पनि चुनौती बन्दै फोहोर, सम्झौताविपरीत जथाभावी फ्याँक्दै साझेदारहरू

एक दशकअघि फिनल्यान्डको करिब ४४ करोडको लागतमा मोरङको डङ्ग्राहामा क्षेत्रीयस्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको थियो । १३ करोड खर्च भइसकेको यो आयोजना स्थानीयको अवरोधका कारण रद्द भयो ।

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ

धरान । गत चैत ९ गतेदेखि परीक्षण शुरू गरेको धरानस्थित फोहोर प्रशोधन केन्द्र नियमित सञ्चालनमा आउन सकेको छैन । प्रशोधन केन्द्रको निर्माण पूर्णरूपमा सम्पन्न भए पनि उत्पादित ग्यास खपत गर्न अनुमति नहुँदा सञ्चालनमा आउन नसकेको हो । धरान उपमहानगरपालिका–६ मा रहेको फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो । धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो । गत वैशाखदेखि नै सञ्चालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाइले समय लम्बिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताए । उनका अनुसार केन्द्रले गत चैत ९ गतेदेखि धरानको फोहोर संकलन गरी परीक्षण थालेको थियो । तर खपत गर्ने साधन सञ्चालनको अनुमति नहुँदा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । ‘सबै फोहोर लिएर प्रशोधन गर्न सक्ने अवस्था छ, तर खपत गर्न सवारीसाधन सञ्चालन गर्ने अनुमति नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘ग्यासबाट चल्ने टेम्पो पनि आउनुप¥यो, त्यसैले अड्किरहेको छ ।’ उनका अनुसार २४ करोडको परियोजनाको लागत कोरोनाका कारण २६ करोड पुगेको छ । दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र पुस २० गतेदेखि शुरू हुने ‘धरान डे’को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने तयारी छ । २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र निर्माण गरिएको हो । कोरोना संक्रमणको जोखिम न्यून हुँदै गएपछि पुस अन्तिम सातादेखि सञ्चालनको तयारी गरिएको अग्रवालले बताए । प्रशोधन केन्द्रबाट उत्पादित ग्यास धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुनेछ । ‘धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाल्छौं, त्यो हालिसकेपछि मल्टी फ्युल हुन्छ,’ अग्रवालले भने, ‘त्यसो हुँदा पेट्रोल र ग्यासले दुवैले चल्न सक्छ ।’ हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन बनाइएको छ । प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्छ । दैनिक ४ सयदेखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सकिने अग्रवालले बताए । कम्पनीले पानवारीमा १ बिघा २ कठ्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना तीन महिनादेखि ठप्प

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (दोस्रो) को काम तीन महिनादेखि ठप्प छ । ठेकेदार कम्पनीले फोहोर प्रशोधन केन्द्र निर्माण, पाइप बिछ्याउनेलगायतका काममा तीव्रता नदिएपछि ठप्प रहेको हो । सरकारले असारभित्र मेलम्चीको पानी ...

नदीकिनारमा डम्पिङ साइट, बिग्रिँदै वातावरण

लुम्बिनीको प्रवेशद्वार मानिएको सहर सिद्धार्थनगरमा २०६९ सालमै एकीकृत सहरी विकासअन्तर्गत फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भनिएपछि नगरवासी निकै उत्साहित भएका थिए। केन्द्र बनेपछि सहरका गल्ली र चोकचोकमा थुप्रिने फोहोर र डन्डा नदी किनारको डम्पिङ साइटले कुरुप बनाएको सहर सफा बन्ने अपेक्षा थियो तर ६ वर्ष बित्दा पनि अपेक्षा पूरा भएको छैन।