ओलीपछि नेपालले भेटे वामदेव

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ नेपाल र गौतमबीच भेटवार्ता भएको हो । नेपाल जनकपुरबाट काठमाडौं फर्केपछि गौतमलाई भेट्न राजधानीको नागपोखरीस्थित हरिश गौतमको कार्यालय पुगेका थिए । भेटमा दुई नेताबीच मिलेर जाने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि शुक्रबार ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई सघाउन आग्रह गरेका थिए । तर गौतमले ओलीलाई नसच्चिएसम्म सघाउन नसकिने बताएपछि वार्ता छलफल निष्कर्षबिहीन भएको थियो ।  

सम्बन्धित सामग्री

देउवाको कुर्सीमा कम्पन

काठमाडौं, १९ असार । वामदेव गौतम विदेशबाट फर्किएलगत्तै जोस्सिएका छन् । उनी कम्युनिस्टहरुबीच एकता बनाउने अभियानमा सक्रिय भइसकेका छन् । सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एकैदिन भेटे । भेटलाई गति दिएका वामदेव आज आफू बीचमा बसेर प्रचण्ड, माधव […]

ओली-प्रचण्ड मिलाउन वामदेव सक्रिय

काठमाडौं, १६ असार । नेकपा एकता अभियान लिएर सक्रियता बढाएका वामदेव गौतमले आज महत्वपूर्ण भेटहरु गरेका छन् । उनले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । भेटमा नेकपा एकता अनिवार्य भएको विषय राखेका थिए । गौतम निकट स्रोतका अनुसार यथास्थितिमा चुनावमा गए नेपाली काँग्रेसले बहुमत ल्याउने र कम्युनिस्टहरु निकै कमजोर हुने बताएका […]

कोटेश्वरमा वामदेव र नारायणकाजीले छुट्टाछुट्टै भेटे माधव नेपाललाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अर्को दिन बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुगेका थिए भने केही समयपछि गौतम पुगेका थिए।