ओली फिल्डमा उत्रिए : राष्ट्रपतिमा सुवासको लागि मत माग्न वामदेव भेटे, अब झलनाथ भेट्ने

काठमाडौं, १७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङको लागि मत माग्न सुरु गरेका छन् । राष्ट्रपतिको लागि उम्मेदवारी परेकै दिन संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई पत्र लेखेर मत माग्न सुरु गरेका ओलीले अहिले नेताहरुलाई भेटेरै मत माग्न थालेका छन् । […]