ग्रेटा थनबर्गले भनिन्: ‘म अझै पनि भारतीय किसानको साथमा छु, तिरस्कार र धम्कीबाट पछि हट्दिन’

काठमाण्डाै – पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्गले आफू अझै पनि भारतीय किसानको पक्षमा भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म अझै पनि किसानको पक्षमा उभिएको छु र उनीहरुको शान्तिपूर्ण प्रदर्शनको पूर्ण समर्थन गर्छु । तिरस्कार, धम्की र मानव अधिकारको उल्लङ्घनबाट मेरो रायलाई परिवर्तन गर्न सकिँदैन ।’— Greta Thunberg (@GretaThunberg) February 4, 2021बिहीवार पनि ग्रेटाले भारतीय किसानको समर्थनमा एक ट्वीट गरेका थिइन् । उनले भनेकी थिइन्, ‘म प्रदर्शन गरिरहेका किसानको साथमा छु ।’  ग्रेटा मात्र हो...

सम्बन्धित सामग्री

भारतीय सञ्चारले बिगारेको सम्बन्ध

अहिले विश्व आतङ्कित छ भिन्न भिन्न नकारात्मक समाचारबाट । एकातिर विश्व आतङ्कित छ कोरोना महामारीबाट । अर्कातिर भारतीय सञ्चार माध्यमलाई विश्वास गर्ने हो भने सुनिन्छ– अमेरिका र चीन, चीनको दक्षिण सागरमा युद्धको स्थितिमा छन् । चीन र रुसबीच पनि ‘टकराव’ को अवस्था छ । भारत–चीन सीमाक्षेत्र अक्साई चीन (लद्दाख) क्षेत्रमा भिडन्त भएको छ । नेपालले पनि कोल्टो फेरेको छ । भारतसितको रोटी–बेटीको सम्बन्धलाई तिरस्कार गरेर हिमालपारिको चीनको पोल्टामा बसेको छ । नेपालका लागि मर्दा पर्दा हामी छौँ । चीनसँग के छ र ? नेपालका प्रधानमन्त्री के.पी. ओलीका विरुद्धमा लाखौँ मानिस सडकमा ओर्लिए । के.पी. ओलीका कारण नेपाल भारतबीचको सम्बन्ध बिग्रिन थाल्यो आदि इत्यादि !