अहिले विश्व आतङ्कित छ भिन्न भिन्न नकारात्मक समाचारबाट । एकातिर विश्व आतङ्कित छ कोरोना महामारीबाट । अर्कातिर भारतीय सञ्चार माध्यमलाई विश्वास गर्ने हो भने सुनिन्छ– अमेरिका र चीन, चीनको दक्षिण सागरमा युद्धको स्थितिमा छन् । चीन र रुसबीच पनि ‘टकराव’ को अवस्था छ । भारत–चीन सीमाक्षेत्र अक्साई चीन (लद्दाख) क्षेत्रमा भिडन्त भएको छ । नेपालले पनि कोल्टो फेरेको छ । भारतसितको रोटी–बेटीको सम्बन्धलाई तिरस्कार गरेर हिमालपारिको चीनको पोल्टामा बसेको छ । नेपालका लागि मर्दा पर्दा हामी छौँ । चीनसँग के छ र ? नेपालका प्रधानमन्त्री के.पी. ओलीका विरुद्धमा लाखौँ मानिस सडकमा ओर्लिए । के.पी. ओलीका कारण नेपाल भारतबीचको सम्बन्ध बिग्रिन थाल्यो आदि इत्यादि !