चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा- चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दि‍इन् । उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत […]

सम्बन्धित सामग्री

चौबिसे घुम्‍ने पर्यटकलाई अचार कोसेली

धनकुटा- चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई  अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिए । उद्यमी विष्णुमाया...

चौबिसे घुम्‍ने पर्यटकलाई अचार कोसेली

धनकुटा- चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई  अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिए । उद्यमी विष्णुमाया...

कोशेलीमा अचार खान घुम्ने होइन त चौबिसे ?

गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए।...

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँच दिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरूलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिए । उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, […]

स्स्स् ! प्रशासनलाई सुत्न देऊ

उहिले उहिले नेपालबाट तमाखु, खुर्सानी, कस्तुरीको विना, राडीपाखी आदि कोसेली बोकेर नेपाली टोली चीनका बादशाहलाई भेट्न जान्थ्यो । चीनका बादशाह पनि नेपालका राजाले मानमनितो गरे भनेर दंग हुन्थे । अनि महँगा महँगा कोसेली दिएर पठाउँथे रे । अचेल यताबाट केही लानुपर्दैन, हुलका हुल मान्छेका जम्बो टोली मात्र लगे पुग्छ । जे कोसेली आउने हो, त्यो चैं उतैबाट आउने गर्दछ ।  तर यसपालि हाम्रा प्रधानमन्त्री अमेरिकापछि चीन भ्रमणमा गएर आए र कोसेली पनि दह्रै लिएर पो आए । अर्थात् चीनसँग गरिएका मुठाका मुठा सम्झौतापत्रहरू र अहिलेसम्मको सबैभन्दा लामो संयुक्त वक्तव्य पनि साथै ल्याए । यो पनि आफैमा उपलब्धि हो । पहिले पहिले पनि हाम्रा प्रधानमन्त्री, राष्ट्रपतिले यस्ता कत्ति सम्झौताका कागजपत्रहरू डोकाका डोका बोकाएर ल्याएकै हुन् । प्रमको काम त सम्झौता गर्दिने न हो । त्यसलाई कार्यान्वयनमा लाने काम त अब प्रशासनको हो । भाषण गरेर शासन गर्न पुगेकाले त आफ्नै लागि रासनपानीको जोहो गर्ने बाहेक अरू के नै गर्छन् र ? तर जहाँसम्म हाम्रो देशको प्रशासनको कुरा छ ऊ प्राय: खाने बेलामा मात्र ब्यूँझन्छ, कुम्भकर्णजस्तो । कुम्भकर्णलाई अरूले आहारा जुराइदिन्थे, हाम्रा प्रशासकहरू त खाने कुराको जोहो आफै गर्न जुर्मुराउँछन् । कुर्सीमा जोसुकैै प्रशासक बसे पनि, कुर्सीमै निदाए पनि यसले हाम्रो प्रशासनिक क्षमतामा खासै असर गर्दैन । हो, सरकारी हाकिमहरू आफ्ना कुर्सीमा बस्दा बस्दै निदाउँछन् पनि । सरकारी कार्यालयका पियन र अझ कुनै दल आबद्ध टे्रड युनियनमा लागेका कर्मचारीहरू त यो विषयमा अझ क्षमतावान् छन् । उनीहरू टुलमै पनि बसी बसी नै उङ्न सक्छन् । सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि । हाकिमहरू दुई प्रकारले निदाउँछन् । एउटा त सामान्य निद्रा हो, जसमा आँखा बन्द रहन्छन् र दिमाग पनि शान्त रहन्छ । दोस्रोमा आँखा त खुलै रहन्छ, तर दिमाग चैं सुतिरहन्छ । यो एक प्रकारको सिद्धि हो, जुन अनुभवबाट मात्र प्राप्त हुन्छ । सरकारी हाकिम र ‘स्लिप वाकर’मा सबैभन्दा ठूलो भिन्नता यही हो कि स्लिप वाकर कमसेकम हिँड्छ । जब प्रशासन सुत्छ, तब फाइलहरूले तकियाको काम दिन्छन् । सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि ।  सामान्य व्यक्तिलाई थाहा हुन्छ कि उसलाई सुतेपछि उठ्नु पनि पर्छ, र समयमै उठ्नुपर्छ । किनकि भोलि उठेर काम पनि गर्नुपर्छ । तर प्रशासनलाई सुत्दैखेरि थाहा हुन्छ कि उसलाई उठ्नुपर्नेु कुनै आवश्यकता छैन, जति सुत्यो त्यति हाइसन्चो हुन्छ । साधारण ओछ्यानमा केवल सामान्य निद्रा हुन्छ । तर सरकारी निद्रामा एउटा गज्जबको नशा हुन्छ । हाकिमी पाराको अभिमानको नशा क्या ! जब हाकिमलाई निद्रा लाग्छ, तब फाइलहरू विचारहीन रहन्छन् । प्रशासन सुतिरहन्छ र समस्याहरू चैं विचाराधीन रहन्छन् । आगो लागिरहेको हुन्छ । तर निभाउने कुरा विचाराधीन रहन्छ । मानिसहरू मरिरहेका हुन्छन् । तर डाक्टर बोलाउने कुरा विचाराधीन रहन्छ । विचाराधीन शब्द नै एकदम क्रान्तिकारी र रोचक छ । यो खासमा ‘हुन्न’ भन्ने शब्दको सरकारी पर्यायवाची हो । यो सुतिरहेको शासनको अक्षमताको गम्भीर अभिव्यक्ति हो । विचाराधीनको कुनै समयसीमा निर्धारित हुन्न । कुनै पनि प्रश्न लामो समयसम्म विचाराधीन हुन सक्छ । यसमा समस्या विचारहरूको अधीन हुन जान्छ । अथवा समस्यामाथि विचारहरूले राज गर्छन् । समस्यालाई घुमाइरहन्छन् । उठ्नै दिन्नन् । समस्या टाउको उठाउँछ, तब विचारले त्यसलाई दबाइहाल्छ । विचाराधीनको पनि समय हुन्छ । फाइलको पिठ्युँमा बाँधिएका रातो फित्ताभित्र कागजपत्र छटपटाइरहेका हुन्छन् । यही नै विचाराधीनको स्थिति हो । विचार मानौं कमिला हो, जो सुतिरहेको हात्तीरूपी प्रशासनमुनि दबिएर बसेको हुन्छ । सुतिरहेको प्रशासन वर्तमानलाई भविष्य र भविष्यलाई सुदूर भविष्यमा फ्याँकेर सुत्छ । र, जनतालाई जानकारी दिइन्छ कि उसका समस्याहरू शासककोमा विचाराधीन छन् । हाम्रो सौभाग्य यो हो कि यो देशमा नयाँ विचारहरूले राजकीय ठाँटका साथ जन्म त लिन्छन्, तर दुर्भाग्य ती नयाँ विचारहरू छिट्टै एउटा भिखारी सरह तड्पी तड्पी मृत्युवरण गर्न पुग्छन् । सारा देशभरि प्रस्तावहरू घुमिरहन्छन् । तर यी प्रस्ताव, नयाँ विचार, आइडिया अचार बन्न पुग्छन् । भर्खर जन्मिएका स्टार्टअप उद्यमीहरूका आइडियाहरूको हालत नै हेरौं न । पहिले पहिले कमसेकम यो सुख थियो कि सारा देश एउटा रमाइलो मेला जस्तो लाग्थ्यो र नेताहरू जादुगर जस्ता लाग्थे । नेतालाई देख्न र सुन्न भनेरै मानिसहरू टाढाटाढाबाट ओइरिन्थे । तर अहिले परिस्थिति बदलिएको छ । नेताले बोले पनि वा नबोले पनि त्यसले केही फरक पर्दैन । हाकिम सुत्छन् वा उठ्छन्, त्यसले केही फरक पर्दैन । निर्णय लिए पनि, नलिए पनि केही फरक पर्दैन । यो वा त्यो जुनसुकै समूहले माइतीघरमा धर्ना, जुलुस गरे पनि नगरे पनि केही फरक पर्दैन । सरकारले हडताल, प्रदर्शन गर्ने समूहसँग वार्ता वा कुनै पनि सम्झौता गरे पनि नगरे पनि केही फरक पर्दैन । दैनिक पत्रिकाहरूले जत्ति नै ठूला हेडलाइन बनाएर कुनै समस्याका विषयमा वा कुनै विचार, प्रस्ताव वा विधेयकका विषयमा लेखे पनि, टिभीमा जति कुर्लेर कराए पनि सरकारलाई केही फरक पर्दैन । खबर जतिसुकै गम्भीर, सनसनीपूर्ण रहे पनि २–४ दिनपछि त्यो सारहीन, सनसनीहीन बन्न पुग्छ । भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, ललिता निवास जग्गा काण्ड, लगायत काण्डहरूको हबिगत सम्झिनुस् त । माइतीघरबाट आएको जुलुश सिंहदरबार भएर जान्छ । तर हाम्रा हाकिमहरूका झ्याल र ढोकाहरू प्राय: बन्दै रहन्छन् । बरु मोटा तकिया, नरम बिछ्यौना, आरामदायी कुर्सी वा सोफा, एयर कन्डिसनका बीच हाम्रा नेता, मन्त्री र प्रशासकहरू दिउँसै घुरिरहेका हुन्छन् । बरु बिस्तारै बोल्नुस् । अहिले पनि देशका शासक, प्रशासक घुरेर सुतिरहेका छन् । उहाँहरूको सुत्ने र घुर्ने अधिकारलाई तपाईं डिस्टर्ब नगर्नुस् है !

महिला उद्यमीलाई अचार बनाउने तालीम

म्याग्दी  । म्याग्दीको बेनीमा महिला उद्यमीलाई अचार बनाउने तालीम दिइएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिला उद्यमीको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालीम सञ्चालन गरेका हुन् । ५ दिनसम्म चलेको तालीममा ८० जनाको सहभागिता थियो । तालीममा सहभागीलाई स्थानीय उत्पादनबाट अचारको परिकार बनाउन सिकाइएको थियो । लघुउद्यमी धनमाया रानाले अमला, कागती, गुन्द्रुक, भटमास, टुसो, मेथी, लप्सी  लगायतबाट अचारका परिकार बनाउन सहजीकरण गरेकी थिइन् । उनले तालीममा सिकेको शीपका आधारमा समय अनुसार उत्पादन हुने स्थानीय उत्पादनबाट अचार बनाएर आयआर्जन गर्न आग्रह गरिन् । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समय अचारको माग बढेको कारण अचार बनाउने तालीम आयोजना गरिएको बताए । उनले घरमा मौसमी र बेमौसमी रूपमा उत्पादन हुने वस्तुको स्वादिलो अचार बनाएर विक्री गर्न तालीमका सहभागीलाई आग्रह गरेका थिए । उनले उत्पादन भएका अचार लगायत अन्य उत्पादनको बजारीकरणका लागि  संघले ‘कोसेली घर’ सञ्चालन गर्न लागेको जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमबहादुर कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ र पत्रकार घनश्याम खड्काले लघु उद्यममार्फत आफू, परिवार र समाजलाई आत्मनिर्भर बनाउन उद्यमशीलतामा सक्रिय हुन आग्रह गरेका थिए ।

फोहोरलाई पुनः प्रयोग गरी लाभान्वित हुँदै महिला

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् । उनीहरूलाई आयआर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम शुरू भएको छ । नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहर’ बनाउने अभियान अनुरूप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहेका छन् । ‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्नेगरी सहभागी गराएर तालिम प्रदान गरेको हो । नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने उनको भनाइ छ । तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायतका सामग्री बनाउन सिकिरहेका छन् । त्यसरी बनाइएका सामग्री दैनिक रूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा विक्री गरेर आम्दानी गर्न सकिनेछ । तालिममा सहभागी महिलाले सीप सिकेसँगै महिलाहरूले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने सुनुवारले बताइन् । नमोबुद्ध नगरपालिकाले यसअघि पनि महिलाको सीप विकासका लागि अचार बनाउनेलगायत विभिन्न किसिमका तालिम आयोजना गरिसकेको छ । नगरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले बताए । नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषिउपज तथा फलफूलको बजारीकरणका लागि कृषि उपज संकलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ । तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहेका छन् । रासस

दसैँलाई कोसेली- भाँगो र डल्ले खुर्सानी

बलेवा– रोजगारीका लागि आएका दोलखाका कवि न्यौपाने दसैँ मान्न यो वर्ष काठमाडौँ जाँदै छन्। सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका न्यौपानेले दसैँ मान्न घर जानेबेला बाबुलाई सोध्नुभयो, ‘कोसेली के ल्याउँ बुबा?’ न्यौपानको प्रश्नमा बाबुको जवाफ आयो, ‘शालिग्राम पाइन्छ भने ल्याउनू, भाँगो र डल्ले खुर्सानी नभुल्नू है!’ बागलुङमा उत्पादन हुने भाँगोको अचार खाएका […]