नेपाल-पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवम् पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेको चेम्बरले जनाएको छ ।
काठमाडौं। सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणमा सघाउन नेपाल चेम्बर अफ कमर्सले चिनियँ राजदूतसँग आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा स्तरीय पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।
काठमाडौंको जमलस्थित भवनमा सोमवार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो ।
‘चीन नेपालको मुख्य व्यापारिक साझेदार राष्ट्र हो, दुई देशको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गर्न आवश्यक छ,’ राजदूत छनसँगको भेटवार्तामा अध्यक्ष मल्लले भने, ‘केरुङसम्मको सडक निर्माणका लागि पहल गर्न पनि आग्रह गर्दछु, ।’
चीनसँग नेपालको व्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली वस्तुको निर्यात वृद्धिका लागि पहल गरिदिन चिनियाँ राजदूत छनलाई अनुरोध गरे । नेपालले गतवर्ष चीनबाट वार्षिक २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने १ अर्ब ७६ करोड रुपैयाँ हाराहारीमा गरेको छ ।
नेपालको जलविद्युत्, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए ।
चेम्बरका पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत छनले नेपाल चिनियाँ सहयोगको उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजीक्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत छनले विद्युतीय सवारीसाधनलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिए । ‘नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको छ,’ उनले भने, ‘यसलाई उद्योगको रूपमा विकास गरेर अघि बढाउनुपर्छ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा बताएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तराष्ट्रिय ब्राण्डिङको आवश्यकतामा अध्यक्ष मल्लले जोड दिएका छन् । नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनाम समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग भेटवार्ता गरी यस्तो आग्रह गरेको हो ।
न्गुयेनसँगको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल र भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवद्र्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । दुई मुलुकबीचको आर्थिक तथा कूटनीतिक सम्बन्ध प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिए । नेपालमा बौद्ध सर्किट निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समूहबीच सहकार्य गर्न समेत अध्यक्ष मल्लले राजदूत न्गुयेनसँग प्रस्ताव गरे ।
‘दुई मुलुकबीच कूटनीतिसँगै उच्चस्तरीय व्यापारिक साझेदारी हँुदै आएको छ, भियतनाममा बुद्धका अनुयायी पनि धेरै छन् । बौद्ध सर्किट बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।’ चेम्बरका पदाधिकारीसँगको भेटमा राजदूत न्गुयेनले आफूले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए । नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धि गर्न आफूले पहल गर्ने उनले बताए । भेटवार्तामा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरू दीपक मल्होत्रा र उर्मिला श्रेष्ठको सहभागिता थियो ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्या तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् । मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँगको भेटमा मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र नै जोखिममा परेको बताए । उनले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणी निकै मर्कामा परेका छन्, ऋण लिएर व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन ।’
यसअघि ऋण लिएकाले समेत साँवा ब्याज भुक्तानी गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानाकर्षण गराए ।
मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजान ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि बन्द गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छाँयाबाट मुक्त बनाउनुपर्ने बताइन् । अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियम पुरानो भएकाले पनि परिणाममुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ । सांसद हरि ढकालले उद्योगी व्यवसायी कुनै राजनीतिक दल विशेषसँग जोडिन नहुने बताए ।
काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह गरेका हुन् । “वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी […]
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह गरेका हुन् । ‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, […]
नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापान...
नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।बेलायतसंँग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा बढी भएपनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले […]
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवर्द्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन् । भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् […]
नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग आज चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन् ।
भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग आग्रहसमेत गरे ।
उनले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्...