गृहमन्त्री बालकृष्ण खाणले दलित अधिकार सुनिश्चितताका लागि ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच वृद्धि गरी स–सम्मान सेवा प्रदान गर्न ‘हेल्प डेस्क’ राख्न निर्देशन दिनुभएको हो ।
निर्देशनपछि सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलगायतका निकायमा ‘हेल्प डेस्क’ स्थापना हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्री खाणको निर्देशनपछि मातहतका निकायमा निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । मन्त्रालयले जातीय भेदभाव तथा छुवाछूूत (कसुर र सजाय) ऐन–२०६८ (संशोधित) बमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्न नगराउन निर्देशन दिएको छ । संविधानको धारा २४ मा उल्लिखित हकको प्रभावकारी कार्यान्वयन गर्न थप क्रियाशीलताका लागि आदेशनुसार अनुरोध गरी सोमबार सर्कुलर गरिएको छ ।
कार्यान्वयनमा चुनौती