वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डित सम्मानित

काठमाडौं, १७ चैत्र । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. पण्डित सम्मानित भएका हुन् । प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ–‘विदेशमा उच्च शिक्षा हासिल गरेर त्यहाँको अवसरहरुलाई छाडेर मातृभूमि नेपालकै […]

सम्बन्धित सामग्री

कर्पाेरेट हाउस र बैंकले कानुनलाई हल्का रूपमा लिए

वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डित मुलुकको कर्पोरेट कानुनका क्षेत्रमा स्थापित नाम हो । तनहुँको बन्दीपुरमा जन्मेका पण्डित २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि मेडिकल साइन्स पढ्न चाहन्थे तर बुबा (स्व. कवि तथा पूर्वमन्त्री वामदेव पण्डित) कै इच्छाका कारण उनले कानुन अध्ययन गरेका हुन् । भारतको दिल्ली युनिभर्सिटीमा एलएलएम पढेका उनी त्यसबेला नेप्लिज स्टुडेन्ट एसोसिएनको अध्यक्ष पनि थिए । त्यतिबेला पनि उनले अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा छात्रवृत्ति पाए र पढे । २०५४ सालमा नेपाल फर्किएर कानुनको अभ्यास गरे । अमेरिकामा काम गरेको अनुभवका कारण उनले कर्पाेरेट क्षेत्रलाई फोकस गरे । सुरुमा कर्पाेरेट लयर हुँ भन्दा मान्छेहरू हाँस्ने गरेको अनुभव उनले सुनाए ।