काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ८३ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलव ९६ मा सीमित भएको छ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ४३ मा सीमित भएको छ।कूल दुई सय २९ कम्पनीको २५ लाख ४२ हजार आठ सय ९९ कित्ता शेयर रु ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ मूल्यमा खरिद बिक्री भए।नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ। बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्