मेलम्ची, असार १२ । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ । यो पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा स्थानीयबासीमा पलाएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा म्याटियर प्यानल ब्रिज निर्माणको काम तोकिएको समयावधि अगावै निर्माण पूरा हुने देखिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख […]
मंगलबार साँझ इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस भयो । बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएका छन् । अर्बौंको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य …
सिन्धुपाल्चोक, असार ३ । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी श्रीमती (नाम पहिचान नभएको), हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति र चौतारा साँगाचोकगढी नगरपालिका १४ का सुरेन्द्र नेपाल रहेको […]
२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र बुधबार दिनभर जसो डुवानमा पर्यो । दिनभर पनि पानी परेकाले नदीको सतह नघट्दा बजारका धेरैजसो घरका बासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् । बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका […]
मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ ।
विशेषगरी मेलम्ची बजार क्षेत्रमा बाढी पसेर कैयन घर पुरेका छन् भने सडकमा मुढा तथा लेदो थुप्रिएको छ ।
खोला आसपासका कतिपय घर पूरै पुरिएका छन् भने अग्ला घरहरू पनि भुँइतला पुरिएको छ ।
बाढीमा परी ७ जना बेपत्ता भएको खुलेको छ भने एक जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसक्रममा बाढीमा फसेका ६० भन्दा बढीको उद्धार गरिएको छ ।
हेर्नुहोस्, बाढीले छाडेपछि मेलम्ची बजारको दृश्य :
सिन्धुपाल्चोकस्थित इन्द्रावती नदीमा मंगलवार साँझदेखि आएको बाढीका कारण पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालामा बनाइएको झोलुङ्गे पुल पनि बगाएको छ । तस्वीर : रासस
केही दिनदेखिको अबिरल वर्षा र त्यसपछि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ ।
बजारमा रहेका एकतले घर पुरिएको छन् भने अग्ला घरका भुइँतला लेदोले भरिएका छन् ।
नेपाली सेनाले बुधवार बिहानैदेखि उद्धार कार्य जारी राखेको छ ।
सेनाले एमाले पार्टी कार्यालय, एक रेस्टुरेन्ट र स्थानीय बस्तीका गरी ७ जनाको उद्धार गरेको छ ।
अन्य ७ जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
तस्वीरमा हेर्नुहोस्, बाढीले मच्चाएको बितण्डा :
मंगलवार रातिदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । बजारमा रहेका एकतले घर पुरिएको छन भने अग्ला घरका एकतला डुवानमा परेका छन् ।
नेपाली सेनाले बुधवार बिहानै देखि उद्धार कार्य जारी राखेको छ । सेनाले एउटा होटलमा अलपत्र रहेका दुइजनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।
मंगलवार रातिदेखि आएको बाढीका कारण मेलम्ची बजारका कयौं पक्की घरमा क्षति पुगेको छ । बजारका अधिकाशं घरका पहिलो तलामा बाढीसँगै आएको माटो पसेको छ ।
मेलम्ची बजार आसपासमा फसकेकाको उद्धारका लागि नेप...