काठमाडौं : साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको