काठमाण्डाै - भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ ।
पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङ गरेको भारत वेस्ट इन्डिजका ओबेद म्याककोयले ६ विकेट लिएपछि १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए ।
जेसन होल्डरले २ विकेट लिए । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर २ बलमा ५ विकेट...