जापान सरकारले पूर्व प्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टीमा १८.३ लाख डलर खर्च गर्दैछ

जापानको सरकारले केही समयअघि मारिएका नेता शिन्जो आबेको सम्मानमा सेप्टेम्बर २७ मा राजकीय अन्त्येष्टि आयोजना गर्दैछ । यसका लागि १८.३ लाख डलर खर्च छुट्टयाइएको हुने सरकारले बताएको छ ।  जापानमा सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री आबे जुलाई ८ मा एक चुनावी र्‍यालीमा मारिएका थिए ।आबेको भौतिक शरीरको दाहसंस्कार यसअघि नै भइसकेको छ । सेप्टेम्बर २७ मा सरकारले सांकेतिक अन्त्येष्टि गर्न लागेको हो । आबेका राजनीतिक चेला मानिने वर्तमान प्रधानमन्त्री सुमियो किशिदाले शुक्रबार राजकीय अन्त्येष

सम्बन्धित सामग्री

दाङमा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण

दाङ जिल्लाको घोराही नगरपालिकामा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ।...

दाङमा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण

दाङ जिल्लाको घोराही नगरपालिकामा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ।...

जापान सरकारबाट रामचन्द्र पौडेल सम्मानित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई  एक कार्यक्रमबीच सम्मान गरेको छ । पौडेल नेपालका लागि जापानका राजदूत किकुता युताकाबाट सम्मानित भएका उनको सचिवालयले जनाएको छ ।  तस्बिर : सुवास श्रेष्ठ/रातोपाटीनेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान

रामचन्द्र पौडेललाई आज जापान सरकारले विभूषण प्रदान गर्दै

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज जापान सरकारले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ । सभामुख हुँदा गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि पुर्याएको योगदानका आधारमा उनलाई जापानले सम्मान गर्न लागेको हो । पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न […]

रामचन्द्र पौडेललाई आज जापान सरकारले सम्मान गर्ने

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज उनकै निवासमा सम्मानित गर्ने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई दिउँसो ३ बजे जापान सरकारले यसअघि घोषणा गरेको विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा […]

जापान सरकारले रामचन्द्र पौडेललाई सम्मान गर्ने

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले अब बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने जानकारी दिएको छ । पौडेललाई नेपालका लागि जापानका

सरकारले भाषा र सीप परीक्षा उत्तिर्ण नागरिकलाई जापान पठाउँदै

काठमाडौं, १८ साउन । एसएसडब्लु प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तिर्ण गरेकाहरु अब जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा र सीप परीक्षा उत्तिर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगको जनाएको छ । २०१९ मा एसएसडब्लु प्रणाली अन्तर्गत नेपाली नागरिकलाई रोजगारीका लागी जापानमा […]

आइपुग्यो जापान सरकारले दिएको एस्ट्राजेनेका खोप

जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भ

नेपाल, भारत र पाकिस्तानबाट जापान जान कडाइ

एजेन्सी। नेपाल, भारत र पाकिस्तानबाट जापान जाने यात्रुलाई कडाइ गरिएको छ। जापानी नागरिकले पनि यी मुलुकबाट स्वदेश फर्कनसमेत कडा नियम पालना गर्नुपर्ने भएको छ। पछिल्लो समय नेपाललगायत भारत र पाकिस्तान कोरोनाको दोस्रो लहरबाट आक्रान्त भएका कारण जापान सरकारले कडाइ गरेको हो। जापानले शुक्रबार घोषणा गरेको नयाँ नियम सोमबारदेखि लागू हुनेछ। यी देशहरुबाट जापान जाने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।