१० चैत, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मसँग सम्बन्धित तथ्यांक भने सार्वजनिक गरिएको छैन । राष्ट्रिय तथ्यांक कार्यालयले आगामी दुई वर्ष भित्र सबै तथ्यांक सार्वजनिक गरिसक्ने भनेको छ । तर जनगणनाको मुख्य अवयव मानिने भाषा, धर्म र जातजातिसँग सम्बन्धित तथ्यांक नआउँदा भने नतिजा अपुरो बनेको छ । […]