कात्तिक ४, काठमाडौं । मेगा बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन बोलाएको छ ।
साबिकका पश्चिमाञ्चल डेभलपमेण्ट बैंक,टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझिनलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती पुरानो लाभांश लिन बोलाएको हो ।
उक्त कम्पनीले नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्न भनेको छ ।
सो अवधिमा लाभांश रकम लिन नआएमा पाँच वर्ष पुरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले बताएको छ ।