अधिवेशनसँगै नेतृत्व विकास

वर्तमानमा नेपाली राजनीति नीति निर्माण र नेतृत्व चयनमा केन्द्रित हुन थालेको छ । सङ्गठन विस्तार र पार्टी सुदृढीकरण गर्नु हरेक पार्टीको केन्द्रीय कार्य पनि हो । संसद्मा सर्वाधिक ठूलो दलका रूपमा रहेको नेकपा (एमाले)बाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी पार्टी)को निर्माण भएको अवस्थामा पार्टीलाई सङ्गठित गर्नुपर्ने, त्यसलाई विस्तार तथा सुदृढीकरण गर्नुपर्ने र समयले पनि महाधिवेशन गर्नैपर्ने भइसकेको स्थितिमा नेकपा (एमाले)ले विधान महाधिवेशन सम्पन्न ग¥यो । यसपछि ऊ नेतृत्व चयनको दिशामा अग्रसर भएको छ । उसले राज्य पुनर्संरचनापछिको पहिलो वडा अधिवेशन कात्तिक ६ गते देशैभरिका झन्डै छ हजार वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । बाढीपहिरो र सहमति हुन नसक्दा स्थगित भएका केही वडामा भने अधिवेशन हुन बाँकी नै रहे पनि कात्तिक ९ गते उसको गाउँपालिका तथा नगरपालिकाहरूको अधिवेशन भएको छ । यसमा झन्डै दुई तिहाइ गाउँ तथा नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको र एक तिहाइमा निर्वाचनबाट टुङ्ग्याइने जनाएको छ ।

सम्बन्धित सामग्री

बचत तथा ऋण सहकारीमा नेतृत्व विकास

बचत तथा ऋण सहकारीहरूको नेतृत्व रूपान्तरणकारी हुन आवश्यक छ । यसकोे नेतृत्व त्यागबाट मात्र स्थापित हुन सक्दछ । अभियानमा योगदान नगर्ने बचत तथा ऋण सहकारी व्यवस्थापनमा योगदान नभएका व्यक्तिले सहकारी अभियानको नेतृत्व लिन सक्दैन । सहकारिताको कसीमा राम्रो देखिएको व्यक्ति नै अभियानको नेतृत्वमा स्थापित हुँदा अभियानको स्थायित्व र विकासमा योगदान पुग्छ ।  योजनाबद्ध उत्तराधिकारी विकासको सिद्धान्त बचत तथा ऋण सहकारीहरूको नेतृत्व संस्थागत विकासका रणनीतिहरूको जानकार र योजनाकार हुुनुपर्छ । सहकारीहरूमा अध्यक्ष हुन उपाध्यक्षलाई तयार गर्न सरल योजना हुन सक्छ । संस्थाको व्यावसायिक रणनीतिहरू निर्माण तथा कार्यान्वयनमा जिम्मेवारी लिएको व्यक्ति जसले अभियान भोगेको छ उसलाई पछाडि पारेर नयाँ नेतृत्व स्थापित गर्दा अभियान कमजोर बनेको पाइन्छ । त्यसैले हरेक संस्थामा नेतृत्व उत्तराधिकारी विकासको दायित्व वर्तमान नेतृत्वको हुन्छ । उत्तराधिकारी विकासको लिखित योजना नै संस्थाहरूमा हुन आवश्यक हुन्छ ।   नेतृत्व विकास र उत्तराधिकारी योजना सम्मिश्रणको सिद्धान्त  सामान्य उत्तराधिकारी विकासको नियम नेतृत्व विकास र हस्तान्तरण मिश्रित ढाँचामा हुनुपर्छ वा विकासको चरणमा नै आगामी नेतृत्वको विषयमा स्पष्ट खाका आएको हुनुपर्छ । नेतृत्व विकासको अवसरमा एक जनाको सहभागिता रहने अर्को व्यक्ति नेतृत्वमा आउने हुँदा संस्थाको काममा असर पर्न सक्छ । त्यसैले संस्थाले नै नेतृत्व विकास योजनामा नै पुस्तान्तरणको योजना समावेश गर्नुपर्छ । नेतृत्वमा उत्तराधिकारी विकास फरक विषय नभएर नेतृत्व विकासको एउटा अवयव हो । त्यसैले बचत तथा ऋण सहकारी अभियानमा अध्यक्ष वा प्रमुख कार्यकारी अधिकृतको उत्तराधिकारी विकास आकस्मिक नभई नेतृत्व विकास योजनामा आधारित हुनुपर्छ ।  सबै तह र पदमा उत्तराधिकारी विकासको सिद्धान्त  बचत तथा ऋण सहकारीहरूको नेतृत्व विकास एक पद वा तहको मात्र विषय बनाउनु हुँदैन । यो आन्तरिक प्रणालीको सबै तह र पदको पुस्तान्तरणको तयारी गरिएको हुनुपर्छ । उत्तराधिकारी विकास योजनाले तल्लो तहकोलाई कम उत्प्रेरणा सृजना हुन सक्छ भने माथिल्लो तहका लागि दबाब । जसले गर्दा संस्थागत विकासमा थप योगदान पुग्छ । कुनै पनि तहमा पश्चगामी नेतृत्व हस्तान्तरणले विकासको गति कम गर्छ । धेरै संस्थाहरूको विभिन्न तहमा नेतृत्वको पुनरावृत्ति अधिक भएको पाइन्छ । यसले संस्था र सदस्यहरूको हितलाई कमजोर बनाउँछ । नयाँ नेतृत्वको नयाँ सोचले नै संस्थागत विकासमा योगदान पुग्ने अपेक्षा लिइएको हुन्छ । नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिविम्बको आत्मीकरण  नेतृत्व उत्तराधिकारी विकासमा पनि नेतृत्व विकासको चक्र नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिबिम्बको आत्मीकरणले सक्षम नेतृत्व जन्मन सहयोग पुग्छ । नेतृत्व गर्ने अवसर नपाएको व्यक्ति सीधै कुनै पदको नेतृत्वमा जाँदा भूमिका कस्तो हुन्छ परीक्षण भएको हुँदैन । त्यसैले जुन पदको नेतृत्व उत्तराधिकारी विकास गर्ने हो उक्त पदको जिम्मेवारी बुझेको नेता हुन आवश्यक छ । नेतृत्वको अभ्यास गर्ने अवसर नपाएको वा गरेको नेतृत्वमा सहकर्मीहरूको पृष्ठपोषणको अवसर नभएको वा आफैले नेतृत्व गर्दाको प्रतिविम्बको महसूस नगरेको व्यक्तिले वास्तविक नेतृत्व गर्न सक्दैन । त्यसैले संस्थागत नेतृत्वको दिगोपनका लागि निकटतम पदलाई उत्तराधिकारी विकासको पहिलो खुड्किलोको रूपमा स्वीकार गरिएको हुन्छ । खुला र पारदर्शिताको सिद्धान्त  उत्तराधिकारी विकास खुला र पारदर्शी विधिमा आधारित हुनुपर्छ । सबै तहमा उत्तराधिकारी विकासको अभ्यास स्थापित हुँदा सबैको विकासको अवसर पनि सृजना हुन्छ । खुलारूपमा छलफल, बहस र जिम्मेवारी प्रदानले नेतृत्व खारिएर आउने हुन्छ । यसले काममा प्रतिस्पर्धाको वातावरण सृजना गर्छ । पारदर्शी विधिले मात्र असल नेतृत्व स्थापित हुन सक्छ । नेतृत्व विकासको विधि पारदर्शी नभएमा वा सबैलाई समान अवसर सृजना नगरिएमा भविष्यमा पनि कार्य प्रगति कमजोर रहन सक्छ ।  सामान्य, लचिलो र विकेन्द्रित विधि र प्रक्रियाको सिद्धान्त हरेक संस्थाले नेतृत्व उत्तराधिकारी विकासको सामान्य संस्कारको विकास गर्नुपर्ने हुन्छ । यो संस्कार सरल विधिमा आधारित हुनुपर्छ । साथै प्रक्रिया लचिलो एवं विकेन्द्रित हुन आवश्यक हुन्छ । नेतृत्व विकास माथिको आदेशमा हुनै सक्दैन । कार्यक्षेत्रमा गरेको र गर्न सक्ने योगदानमा आधारित हुन्छ । त्यसैले कसैको खोजीबाट आएको नामावलीबाट स्थापित भएको नेतृत्वले भन्दा अभियानमा भिजेका नेतृत्वहरूको कार्यसम्पादन स्तर हजारौं गुणा राम्रो हुन्छ । सबै सहभागी हुन सक्ने विकेन्द्रित विधिमा आधारित भई संस्थामा आवश्यक शीप र दक्षतासमेत समेटेर आएको नेतृत्वले जतिसुकै कठिन समयमा पनि सही नतिजा निकाल्न सक्छ ।  निरन्तर अनुगमन तथा मूल्यांकनको सिद्धान्त  उत्तराधिकारी विकासको योजना कार्यान्वयनको अनुगमन अत्यावश्यक हुन्छ । उत्तराधिकारी विकास योजना अनुगमन संयन्त्र संस्थामा हुन आवश्यक छ जसले सही नेतृत्व विकासमा योगदान गर्छ । निरन्तर अनुगमन गरी आवश्यक सुधार गर्न सकियो भने मात्र नेतृत्व स्थापित हुन सक्छ । बचत तथा ऋण सहकारी अभियानमा नेतृत्वको उत्तराधिकारी महत्त्वपूर्ण विषय हो । नेतृत्व परिवर्तन नै संस्थागत विकासको आधार हो । बचत तथा ऋण सहकारी संघहरूमा एउटै पदमा एक व्यक्ति एक कार्यकाल हुनैपर्छ किनकि लाखौंको संख्यामा रहेका अभियानकर्मीहरूको प्रतिनिधित्व संघहरूले गर्न सक्नुपर्छ । यसबाट संस्थामा प्रजातान्त्रिक संस्कार विकास हुन सक्छ भने संस्थाको स्थायित्वको सुनिश्चितता हुन जान्छ । बचत तथा ऋण सहकारी अभियानकर्मीहरूले आफ्नो नेतृत्व आफै छान्न सक्ने क्षमता र अधिकार राख्नुपर्छ । यसबाट मात्र अभियान सुदृढीकरण र शुद्धीकरण सम्भव छ । नेतृत्वको असल पथप्रदर्शनले मात्र अभियान थप उचाइमा पुग्न सक्छ । निरन्तर सिकाइ, निरन्तर विकास, सादा जीवन उच्च विचार भएको व्यावहारिक रूपमा अभियानमा योगदान गरेका स्थापित नेतृत्व आजको आवश्यकता हो जुन उत्तराधिकारी योजना निर्माण र कार्यान्वयनबाट सम्भव छ ।  लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष हुन् ।

अन्नपूर्णमा नेतृत्व विकास तथा उद्घोषणकला तालिम

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार नेतृत्व विकास तथा उद्घोषणकलाको तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेतृत्व तथा उद्घोषणसम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको थियो । तीन दिनसम्म चलेको तालिममा सूचना तथा प्रविधि, नेतृत्व विकास, क्षमता अभिवृद्धि, उद्घोषणकला, सकारात्मक सोच, उत्प्रेरणालगायत विविध विषयहरुमा सैद्धान्तिक प्रशिक्षण दिनुका साथै […]

नेतृत्व विकास तालिम

शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम दिन थालिएको छ।

नेतृत्व विकास तालिम

शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम दिन थालिएको छ।

हेल्पर केयरिङको आयोजनामा नेतृत्व विकास तालिम

काठमाडौं, १३ माघ । हेल्पर केयरिङ सर्कलको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। उक्त तालिम बुटवलस्थित् सरस्वती आधारभूत विद्यालयमा सम्पन्न भएको आयोजकले जनाएको छ। तालिमका अध्यक्ष रहेका विश्वास घिमिरेले आफ्नो क्लबले सुरुवाती समयदेखि नै राम्रा कार्य गर्दै आएको उल्लेख गर्दै क्लबको उचाईलाई माथि पुर्याउन सबैको साथ र सहयोगको आह्वान गरेका थिए। प्रमुख प्रशिक्षक र क्लबका […]

नेतृत्व विकास तालिम

काठमाडौँ,१० माघ । बेथानचोक गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी तालिम सञ्चालन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एकहप्ते सो तालिममा वडा नं १ देखि ६ सम्मका जनप्रतिनिधिको सहभागिता रहेको थियो । तालिम कार्यक्रम यही माघ ३ गते सञ्चालन भएर ९ गते समापन भएको हो । सो अवसरमा […]

पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसँगै अगाडि बढ्नुपर्ने बताएका हुन् । […]

महिलाहरुका लागि नेतृत्व विकास तालिम

पश्चिम रुकुममा महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। ओरेक रुकुमको आयोजनामा बाफीकोट गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिबेणी गाउँपालिकाका ६ वटा वडाका महिला समूहको नेतृत्व गर्ने ३० जना महिलाहरुको सहभागिता रहेको थियो।...

नमोबुद्ध नगरपालिकाद्वारा नेतृत्व विकास तालिम प्रदान

बनेपा, २० फगाुन । नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा ६४ महिलालाई सो तालिम प्रदान गरिइएको हो । तालिममा संस्थागत सुशासन र सञ्चार सीप, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, नेतृत्व अवधारणा, गुण र सीप, सामाजिक संरचना र सामाजिक बहिष्करण लगायतका विषयमा […]

नेतामा नेतृत्व विकास हुन सकेन, किन ?

नागरिकको आवश्यकता, समस्या, शान्ति र समृद्धिका लागि नागरिकका सूचना सरकारमा मुखरित गर्न नागरिकले चुनेर पठाएको व्यक्तिलाई नेता भनिन्छ । जिम्मेवार पदको पालना गर्न सक्ने खुबीलाई नेतृत्व भनिन्छ । विश्वमा राजनीतिक नेतृत्व वहन गर्न सक्ने व्यक्तिलाई नेता चुन्ने प्रचलन छ । आमनागरिकको स्वतन्त्र बालिग मताधिकारको आधारमा आवधिक निर्वाचन प्रणालीमार्फत नेता चयन गरिने अन्तर्राष्ट्रिय प्रणालीलाई विश्वका अधिकांश […]