काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी र प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा केही दिनका लागि मात्रै मन्त्री परिवर्तनको प्रक्रिया रोकिएको स्पष्ट पार्नुभएकाे छ ।
आज आइतवार समाजवादी प्रेस सङ्गठन नेपालले काठमाण्डौमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उहाँले आफ्नो पार्टीले मन्त्री परिवर्तन गर्न नाम पठाएपछि माओवादीमा पनि कुरा चलेकोले केही दिनका लागि प्रक्रिया रोकेको तर अब छिट्टै नै परिवर्तन हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी र प्रधानमन्त्रीले केही ...