प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।२ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रूपैयाँको सेयर कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।