राजनीतिप्रतिको निराशालाई चिर्नु छ : राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचनमा जनतामा थोरै भएपनि आशा जगाउने काम गरेको दाबी गरे । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राउतलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउदले चुनावमार्फत् जनताले परिवर्तनको मोहलाई मतमार्फत् व्यक्त गरेको बताए ।