भारतद्वारा अफगानिस्तानलाई मानवीय सहयोग

काठमाडौं– मानवीय सहयोगका लागि भारतले अफगानिस्तानलाई २ हजार मेट्रिक टन गहुँ पठाएको छ । २ हजार मेट्रिक टन गहुँ बोकेको सवारीको लस्कर भारतको अटारी सीमाबाट अफगानिस्तानतर्फ लागेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमअन्तर्गत ५० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने बाचा अनुसार भारतले अफगानिस्तानतर्फ खाद्य सामग्री पठाएको हो । ‘अफगान […]

सम्बन्धित सामग्री

लिबियाका बाढीपीडितलाई मानवीय सहयोग गर्न राष्ट्रसङ्घको आह्वान

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय निकायहरूले हालैको बाढीबाट अतिप्रभावित पूर्वी लिबियामा मानवीय सहायता अतिआवश्यक भएको जनाउँदै त्यसनिम्ति तत्काल आवश्यक निर्णय गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरको छ । “मानवीय आवश्यकताहरू यति धेरै छन् के माग्ने वा के नमाग्ने भन्ने स्थिति छैन, अस्पताल वा स्वास्थ्य चौकी छैनन्, भएकामा औषधि नै छैन , कतिपय स्वास्थ्य संस्थामा काम गर्ने वातावरण […]

सिरियाली मानवीय सङ्कट उच्च : संयुक्त राष्ट्र

सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहयोग मामिला हेर्ने निकाय (ओसिएचए)ले बुधबारको अन्ततिर प्रकाशित एउटा रिपोर्टमा भनेको छ, ‘सिरियामा कम्तीमा एक करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो छ र यो गत वर्ष एक करोड ३४ लाख भन्दा कम थियो ।’सिरिया द्वन्द्वका लागि संयुक्त राष्ट्र सङ्घका उप क्षेत्रीय मानवीय संयोजक मार्क कट्सले भने, ‘संकट सुरु भएदेखि नै

अफगानिस्तानलाई मानवीय सहयोग गर्नु सरकारको दायित्व

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिनुभएको छ । अफगान नागरिकहरूलाई यही माघ २ गते नेपालका तर्फबाट मानवीय सहयोग सामग्री हस्तान्तरण गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँग आज भएको भेटमा उहाँले भन्नुभयो, “अफगानिस्तानमा चरम सङ्कट छ, …

नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

भीष्मराज ओझा- काबुलः नेपाल सरकारले अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट प्रदान गरेको मानवीय राहत सामग्री हस्तान्तरण गरेको छ। राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको सहायता मिसनमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले राष्ट्र सङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सामग्री हस्तान्तरण गरेकी हुन्। सार्कको सदस्य…

अफगानिस्तानका जनतालाई मानवीय सहयोग, तालिवान सरकारलाई नेपालले मान्यता नदिने

अफगानिस्तानमा ३१ साउनदेखि तालिवानले सत्ता नियन्त्रणमा लिएसँगै व्यापक मानवीय र आर्थिक संकट बढेको छ। मानवीय संकटलाई ध्यानमा राख्दै नेपालका तर्फबाट निजी क्षेत्रबाट सहयोग उठाएर नेपाल सरकारले औषधी, लत्ताकपडा, घरायसी सामान...

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने, परराष्ट्रको टोली काबुल जाँदै

नेपालले अफगानिस्तानका नागरिकका लागि औषधी, लत्ताकपडासहितका मानवीय सहयोग पठाउने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिब सेवा लम्सालसहितको टोली आइतवार बिहान हिमालयन एयरलाइन्सको चार्टर उडानबाट काबुल जाने बताइएको छ...

तालिबानले भन्यो- अफगानिस्तानसँग तालमेल गरेर मात्रै मानवीय सहयोग वितरण हुन्छ

अफगानिस्तानको तालिबान सरकारका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले देशभित्र हुने मानवीय सहयोग आफूहरूसँगको तालमेलका आधारमा हुनुपर्ने बताएका छन् ।

बंगलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा

५ पुस : बंगलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरुमार्फत सहयोग गर्ने भएको बंगलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । पाकिस्तानमा डिसेम्बर १९ मा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) परराष्ट्र मन्त्री परिषद्को १७ औँ असाधारण बैठकमा पाकिस्तानका विदेश सचिव मसुद बिन मोमेनले यो जानकारी गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता मुहम्मद मोहसिन […]

ओआइसीले अफगानिस्तानलाई आवश्यक मानवीय सहयोग दिने

एजेन्सी । इस्लामिक राष्ट्रहरुको संगठनले अफगानिस्तानमा आवश्यक मानवीय सहयोग जुटाउने भएको छ । अर्गनाईजेसन अफ इस्लामिक कोअपरेसनको वैठकले तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक संकटमा फसेको अफगानिस्तानलाई सहयोग जुटाउने प्रतिवद्धता जनाएको हो । आगामी वर्ष २०२२ को शुरुदेखि नै इस्लामिक डेभलमेन्ट बैंक मार्फत अफगानिस्तानमा सहयोग शुरु गर्ने निर्णय गरिएको हो । तालिवानले सत्ता कब्जा गरेपछि विश्व […]

अफगानिस्तानद्वारा एसियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत

अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एसियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।