काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन्। मंगलवार ललितपुरमा आयोजित कार्यक्रममा मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्। उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताए।उनीद्वारा सिर्जित मूर्तिहरू मठ, मन्दिर, विहार, गुम्बामा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरि