काभा यु२३ भलिबल च्याम्पियनसिप – नेपालले किर्गिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आज (शनिबार) किर्गिस्तानसँग खेल्दैछ । यो खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । […]

सम्बन्धित सामग्री

एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप

काठमाडौँ– नेपाल भलिबल संघको आयोजनामा आठौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सो खेलमा पुरूषतर्फका १३ र महिलातर्फका ७ समुहले भाग लिँदैछन् । जसअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश […]

एनभिए क्लब भलिबल च्याम्पियनसिप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप यसै महिना (पुस)काे अन्तिम सातादेखि आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडौँ – प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। सन् २०२२ मा आयोजना हुने उक्त च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिइने निर्णय भएको नेपाल भलिबल संघले जनाएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोली बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल च्यालेन्ज कपको फाइनलमा पुगेको छ। अपराजित रहँदै फाइनलमा पुगेको नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा […]

एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

९ भदौ, काठमाडौं ।छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसम्पादन बैठकदे च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले बताए। यस्तै संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ । अब विजेताले […]

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

एजेन्सी – भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको हो । च्याम्पियनसिप फिलिपिन्सको क्लार्क र सेविकमा अगष्ट २९ देखि […]

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

२६ साउन, काठमाडौं । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका […]

नेपालले अर्को संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने

३ साउन, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ । शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश निषेध रहेकाले च्याम्पियनसिपमा सहभागी गराउन नसक्ने जनाउँदै आठ टीमको मात्र ड्र सार्वजनिक गरेको थियो । जापान र हङकङले भने […]

नेपाल र भारतले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

कोभिड १९ बाट अति प्रभावित रहेको भन्दै फिलिपिन्स सरकारले नेपाल र भारतको भलिबल टिमलाई २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नदिने भएको छ । फिलिपिन्समा १३ भदौदेखि एक सातासम्म यो प्रतियोगिता सञ्चालन हुनेछ । यससँगै भलिबलमा अब्बल मानिएका राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट नेपाली खेलाडीहरु बन्चित भएका छन् । नेपालले यस प्रतियोगिताका लागि लामो तयारी सुरु गरेको थियो । यद्यपी, प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि अहिले भलिबल संघले बन्द प्रशिक्षण स्थगित गरेको छ ।