‘यो प्रगतिशील होइन प्रतिगामी कर नीति हो’

गरीबलाई करको भार नपरोस् भन्ने सिद्धान्तमा रहेर हेर्दा अहिलेको हाम्रो कर प्रणाली प्रतिगमनकारी नै छ । यसले अर्थतन्त्रको आन्तरिक क्षमतालाई विस्तार हुन दिंदैन, उत्पादनशील अर्थतन्त्र बनाउने बाटोमा व्यवधान खडा गर्छ र आर्थिक गतिविधि बढाउन पनि समस्या पर्छ ।

सम्बन्धित सामग्री

संसद् बैठकमा विनियोजन विधेयकको सिद्धान्तमाथि छलफल

काठमाडौं  ।  आर्थिक वर्ष २०७९-८० को बजेटको विनियोजित विधेयकको सिद्धान्तमा बुधबारदेखि संसद्मा छलफल शुरू भएको छ । सांसदहरूले आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने प्राथमिकताको विषयमा आ–आफ्नो धारणा राखेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रगतिशील कर प्रणाली लागु गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले मुलुकको कर नीति […]

भीमदत्तको राजस्व सुधार कार्ययोजना तयार

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँचौं राजस्व सुधार कार्ययोजना तयार पारेको छ । नगरपालिकाले आन्तरिक आय तथा राजस्व सुधारका लागि  निर्माण गरिएको कार्ययोजना चालू आवका लागि अद्यावधिक गरेको हो । क्षेत्रीय शहरी विकास आयोजना, संस्थागत परामर्शदाताद्वारा निर्माण गरिएको उक्त कार्ययोजना अद्यावधिक गरिएको वित्तविज्ञ दामोदर सुवेदीले बताए । उनका अनुसार समयानुकूल परिमार्जन गर्दै राजस्व नीतिलाई अद्यावधिक गरिएको छ । संस्थागत परामर्शदाताका वित्तविज्ञबाट हालसम्म नगरपालिकाको पाँचओटा राजस्व सुधार कार्ययोजना निर्माण भइसकेका छन् । नगरपालिकाले हरेक आर्थिक वर्षको कार्ययोजना निर्माण गरी सोहीअनुसार नीति, कार्यक्रम निर्माण तथा कार्यान्वयन चरण पुर्‍याउँदै आएको छ । आर्थिक वर्ष २०७२/७३ देखि राजस्व सुधार कार्ययोजना तयार हुँदै आएको छ । राजस्व सुधार कार्ययोजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । राजस्व परामर्श समिति, राजस्व उपशाखा, आर्थिक प्रशासन शाखा र अन्य शाखासँगको समन्वय र सहकार्यमा कार्ययोजना निर्माण गरिएको हो । राजस्व सुधार कार्ययोजनाले स्रोत, साधनको प्रभावकारी र अधिकतम परिचालन, समयानुकूल कर प्रणाली परिर्वतन, निजी क्षेत्रलाई प्रोत्साहन, करको दायरा वृद्धि, दीर्घकालीन कर नीति तथा रणनीति निर्माण, पालिकाका कामहरु पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउनुपर्ने, आर्थिक ऐन र राजस्व ऐन पारित गर्नुपर्ने, बक्यौता संकलन, राजस्वको क्षेत्र विस्तार गर्नुपर्ने लगायत सुझाव दिएको थियो । कार्ययोजनाको सुझाव कार्यान्वयन गर्दै नगरपालिकाले आन्तरिक आयस्रोेतको प्रभावकारी परिचालन, प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासन, करको दायरा वृद्धि तथा क्षेत्र विस्तार, कर पुनरवलोकन र कर चुहावट नियन्त्रण गर्ने नीति लिएको छ । त्यस्तै, कार्ययोजनाले आन्तरिक आय संकलन कार्यविधि, जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएको छूट, जरिवानाको कार्यान्वयन, सम्पत्ति र मालपोत करको दरमा सुधार र बहालकर लगायतमा राजस्व प्रशासनले ध्यान दिनुपर्ने उल्लेख छ । कार्ययोजनाका क्रियाकलापलाई राजस्व प्रशासन सुधार, कर राजस्व सुधार र गैरकर राजस्व सुधार योजना गरी तीन भागमा बाँडिएको छ ।  कार्ययोजनाले नगरपालिकाको अगामी पाँच वर्षको आयको प्रक्षेपण पनि गरेको छ । जसअनुसार आर्थिक वर्ष २०८३/८४ मा भीमदत्तको आन्तरिक आय २८ करोड पुग्ने प्रक्षेपण गरिएको छ । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले पालिकालाई आन्तरिक आयमा बलियो बनाउन राजस्व सुधार योजना बनाइएको बताए । उनका अनुसार नगरपालिकाले कार्ययोजनाका सुझावलाई नीतिगत रुपमा कार्यान्वयन गरी राजस्वको अवस्थामा उलेख्य सुधार गरिएको छ ।