काठमाडौं : पछिल्लो समय नेपालीहरूको श्रम गन्तव्य मुलुकमा कामदारले सम्झौताअनुसार तलब सेवा सुविधा नपाएको गुनासो बढ्दै गएको छ।लामो समयदेखि कायम रहेको उक्त समस्या विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणपछि बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ।रोजगारदाता कम्पनीले कामदार लिँदा करारपत्रमा सम्झौता गरेअनुसारको पारिश्रमिक नदिएको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ। नेपाली कामदारको मुख्य समस्या नै पारिश्रमिक र सम्झौताअनुसारको काम नपाउने रहेको विभागले जनाएको छ।कोरोना महामारीका
कोभिड–१९ परीक्षण प्रयोगशालाका कर्मचारी पारिश्रमिकविहीनसन्तोष महतारागुल्मीमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालाका कर्मचारी पारिश्रमिकविहीन भएका छन् । कोरोना संक्रमण जोखिमको समयमा कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गरिरहेका १० जना कर्मचारीले ३ महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।गत असोज ८ गतेबाट कार्यरत कर्मचारीले अहिलेसम्म पारिश्रमिक नपाएको मेडिकल ल्याब टेक्नोलोजिष्ट मुना क्षेत्रीले जानकारी दिइन् । स्थानीय तहले जिल्ला […]
एउटा सेक्युरेटी कम्पनीमा काम गर्ने धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला पर्नुभयो । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आउनुभएका मगरले हेरचाह नपाएर झण्डै ज्यान गुमाउनुपरेको थियो । बल्लतल्ल ऋण लिएर औषधोपचार गरेर उहाँ फेरि अस्पतालका काममा जान थाल्नुभएको छ ।
धरान–१५ का नीलम श्रेष्ठ पनि केही महिनाअघि बिरामी पर्नुभयो । उहाँ पनि सेक्युरिटी कम्पनीमै काम गर्दै आउनुभएको थियो । उहाँ एक महिना काममा जान सक्नुभएन । उहाँलाई बिरामी बिदा त परै जावस्, काममा आएन भनेर कम्पनीले जागिरबाटै निकालिदियो । मजदुर सङ्गठनको भनसुनमा उहाँ काममा फर्के पनि उहाँले श्रम ऐनअनुसार पाउने बिदालगायत सेवासुविधा पाउनुभएन ।
धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिआइपी सेक्युरिटी कम्पनीले काम गर्दै आएको छ । सेक्युरेटी कम्पनीले अस्पताल प्रशासनबाट मजदूरको उपचारका लागि औषधिमूलोका लागि भनेर सरकाद्वारा विनियोजित सामाजिक सुरक्षा कोषको रकम पाए पन मगर, श्रेष्ठजस्ताले भने सेवासुविधा नपाएको गुनासो गर्दै आउनुभएको छ । ‘सामाजिक सुरक्षा कोष तपाइँका लागि’ भन्दा मगरले अचम्म मान्दै भन्नुभयो, “हो र, हामीलाई त थाहा पनि छैन । करु यो जागिर पाउन पनि एउटा मान्छेलाई दुई महिनाको तलबको रकम घुस खुवाउनुपरेको थियो ।”