लोकगायक जयनन्द लामाको निधन

काठमाडौं । लोकगायक जयनन्द लामाको निधन भएको छ । ‘हल्का रमाइलो’ टेलिश्रृंखलामा सँगै काम गरेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले लामाको निधन भएको बताएका छन् । वि.सं. २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले लामो समय लोकगीत-संगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।  उनले गाएका 'कलकत्ते काइँयो...', 'चुइँ चुइँ चुइँकने जुत्ता...', 'सलल पानी...', ...

सम्बन्धित सामग्री

रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दिपा श्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो । निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नु भएकाे थियाे । अहिले भने उहाँको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।